तपाईँ सुन्दै हुनुहुन्छः

कानून मन्त्री गौतमसँग नेपालका लागि इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

उहाँहरुबीच नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६औँ वर्षमा प्रवेश गरिरहेको सन्दर्भमा, इजरायल सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गर्दै दुई देशबीचको सम्बन्धलाई अझ औपचारिक तथा सुदृढ बनाउन आवश्यक कानूनी दस्ताबेज निर्माण तथा सहकार्य विस्तार गर्ने विषयमा  विषयमा छलफल भयो ।

भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीन वटै तहका कानुनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य भइरहेको जानकारी दिनुभयो। 

एकीकृत कानूनी सहायता, पारस्परिक कानूनी सहायता, संक्रमणकालीन न्याय र संसदीय मामिलाका विषयमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको संघ, प्रदेश तथा स्थानीय तहका कानुनहरूलाई एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यसहित डिजिटाइजेसनको कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो।

उहाँले एकीकृत कानूनी सहायता, पारस्परिक कानूनी सहायता, संक्रमणकालीन न्याय तथा संसदीय मामिलासम्बन्धी विषयहरूमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button