तपाईँ सुन्दै हुनुहुन्छः

एक लाख ४४ हजार ५ सय ८५ मेट्रिकटन मल मौज्दात: मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाइँका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री चौधरीले सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५४ हजार ७ सय ६३ मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो । 

उहाँले हाल १ लाख ४४ हजार ५ सय ८५ मेट्रिक टन मल मौज्दात रहेको र चालु आर्थिक वर्षको असारसम्ममा करिब ६ लाख मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने जानकारी गराउनुभयो । 

मन्त्री चौधरीले जारी मध्यपूर्वको द्वन्द्वको कारण मलको उत्पादन तथा आपूर्तिमा समस्या र मलको मूल्यमा उच्च वृद्धि भएको भन्दै यस परिस्थितिमा चालु आर्थिक वर्ष र अगामी आर्थिक वर्षको बजेटबाट खर्च हुनेगरी आयातका लागि सम्झौता भएको १ लाख ८७ हजार मेट्रिक टन मल आउन नसकेको बताउनुभयो ।

यस्तै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा १ खर्बको काठ बेच्ने गरी अगाडी बढेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पुरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो । 

वन क्षेत्रबाट आर्थिक विकासमा काम गर्ने लक्ष्य राखेको भन्दै मन्त्री चौधरीले काठमा पूर्णरुपमा आत्मनिर्भर हुने विश्वास गरी स्वदेशी काठमा प्राथमिकता दिन सरकारले निर्णय गरिसकेको बताउनुभयो । 

मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट ३ करोड घन फिट काठ उत्पादन हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button