तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीलाई सहज बनाउन ‘MoFA Mitra’ सार्वजनिक

काठमाडौँ । नेपाल सरकारले देशभरका रोजगार सेवा केन्द्रलाई “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गरिनेछ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउन ६० दिनभित्र रूपान्तरण प्रक्रिया सम्पन्न गरिनेछ।

नयाँ व्यवस्थाअनुसार स्थानीय तहबाट श्रम बजार विश्लेषण, सीप तालिम, रोजगार परामर्श तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरण लगायत सेवा एकीकृत रूपमा प्रदान गरिने मन्त्रालयले जनाएको छ।

विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा परेमा, खोजतलास वा उद्धार गर्नुपरेमा, मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपरेमा वा बीमा क्षतिपूर्तिसँग सम्बन्धित काम गर्नुपरेमा Mofa Mitra App मार्फत गर्न सकिने जनाइएको छ । उक्त APP AndroidIOS फोनहरूमा डाउनलोड गर्न सकिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button