तपाईँ सुन्दै हुनुहुन्छः

चर्को घाम र तातो हावाले नवलपरासीको जनजीवन कष्टकर

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा केही दिनयता बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । बिहानदेखि नै चर्को घाम लाग्ने र दिउँसो तातो हावा चल्न थालेपछि सर्वसाधारण घर बाहिर निस्कन कठिनाइ भइरहेको छ ।

विशेषगरी बजार क्षेत्र, सडक तथा सार्वजनिक स्थानहरू दिउँसो सुनसान देखिन थालेका छन् । अत्याधिक गर्मीका कारण ज्येष्ठ नागरिक, बालबालिका, विद्यार्थी तथा दैनिक मजदुरी गर्ने नागरिक बढी प्रभावित भएका छन् । खेतबारीमा काम गर्ने किसानलाई समेत समस्या भएको स्थानीयले बताएका छन् । गर्मीका कारण बजारमा चिसो पेय पदार्थको माग समेत बढेको छ ।

गर्मीका कारण स्वास्थ्य समस्या बढ्न थालेको भन्दै स्वास्थ्यकर्मीहरूले अत्यावश्यक कामबाहेक दिउँसो घर बाहिर ननिस्कन आग्रह गरेका छन् । पर्याप्त पानी पिउने, हल्का कपडा लगाउने तथा लामो समयसम्म घाममा नबस्न सुझाव दिइएको छ ।

यसैबीच, विद्युत् अनियमित हुँदा गर्मी झन् असहज बनेको स्थानीयको गुनासो छ । बारम्बार विद्युत् जाने आउने समस्याले पङ्खा, एसी तथा अन्य विद्युतीय उपकरण सञ्चालनमा समस्या हुँदा नागरिकले सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button