प्रसाईँलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ ।
न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईँले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो ।
जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।








प्रतिक्रिया राख्नुहोस्