तपाईँ सुन्दै हुनुहुन्छः

‘देश र जनताको आवश्यकता अनुसार वामपन्थी एकता हुन्छ’

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता हतारमा नगरिने बताउनुभएको छ । 

आज धनगढीमा पार्टीको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संयोजक प्रचण्डले देश र जनताको आवश्यकता अनुसार वामपन्थी एकता गरि अघि बढ्ने बताउनुभयो । 

संयोजक प्रचण्डले भरपर्दो र जिम्मेवारी पूरा गर्न सक्ने टिम आएमा पार्टी नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको, तर पार्टीलाई अलपत्र पार्न नसकिने बताउनुभयो । उहाँले आगामी मंसिरमा हुने पार्टीको महाधिवेशनमा युवालाई प्राथमिकता दिने बताउनुभयो ।

सहसंयोजक माधव कुमार नेपालले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लैजान आवश्यक रहेको बताउनुभयो ।  निर्वाचनमा जित(हार स्वभाविक भएकाले निराश नभई चुनौतीको सामना गरि अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रशिक्षणमा नेताहरू नारायणकाजी श्रेष्ठ, भिम रावल, भानुभक्त जोशी, रन्जिता श्रेष्ठ, खगराज भट्ट लगायतका नेता-कार्यकताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button