तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान गरिएको दरखास्त सूचना रद्द गरिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै अध्यक्ष पदका लागि आह्वान गरिएको आवेदन प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो ।

मन्त्रालयले जेठ ७ गते गोरखापत्र मा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।मन्त्रालयले ‘विशेष कारणवश’ दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button