पञ्चकन्या रुपन्देही सुपर लिग : मङ्गलवारको खेलमा जेआर क्रिकेट क्लब विजयी
रुपन्देही । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको मङ्गलवारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ ।
मङ्गलवार भएको खेलमा मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई १ विकेटले हराउँदै जेआर क्रिकेट क्लबले जित निकालेको हो । हारका बाबजुद मेलबर्न सेमिफाइनल पुगिसकेको छ भने जितले जेआर रेलिगेसनबाट जोगिने झिनो आशा अझै बाँकी छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मेलबर्नले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९० रन बनायो ।
जवाफी ब्याटिङ गरेको जेआरले ३० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाउँदै जित निकाल्यो ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्