तपाईँ सुन्दै हुनुहुन्छः

नेपालद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित 

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तरगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । नेपाल यसअघि सातौं स्थानमा थियो ।

जितका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button