तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बैशाख ३० गते विश्वासको मत लिनुहुने 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अगामी वैशाख ३० बुधवार प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ । 

मुख्यमन्त्री यादवले आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आफूसँग चार दलको समर्थन कायम रहेकाले सरकारको पक्षमा पूर्ण बहुमत रहेको बताउनुभयो । 

उहाँले नेपाली काँग्रेससहित सत्तारुढ ४ दलको आज जनकपुरधाममा बसेको बैठकले बुधवारका लागि विश्वासको मत लिने विषयमा छलफल भएको जानकारी दिनुभयो । 

मुख्यमन्त्री यादवले आफूसँग नेपाली काँग्रेसको २२, जनता समाजवादी पार्टी नेपालका १७, नेपाली कम्युनिष्ट पार्टीका १५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना गरेर ६२ जना प्रदेशसभा सदस्यहरूको समर्थन कायम रहेको बताउनुभयो । 

उहाँले जनमत पार्टी सरकारबाट बाहिरिए पनि सरकारमा कुनै फरक नपर्ने र नेकपा एमालेलाई पनि समर्थनका लागि आग्रह गर्ने पनि बताउनुभयो । 

मधेश प्रदेशका चार दलको आज बसेको बैठकले वर्तमान सरकारलाई अझै राम्रोसँग सञ्चालन गर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button