तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले गाईगोठ भत्किँदा महिलाको मृत्यु

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–६ मुसहरी टोलमा आज साँझ आएको हावाहुरीका कारण गाईगोठ भत्किँदा एक महिलाको मृत्यु भएको छ । 

शुक्रबार साँझ ५ः३० बजेको समयमा स्थानीय झगरु मुखियाको बाँस र टाटीले बनेको गाईगोठमा पानीबाट जोगिन बसेकी सोही स्थानकी सुन्देश्वर सदाकी श्रीमती अन्दाजी ५० वर्षीया सुनिता सदाको गोठ भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

तीव्र रुपमा हावाहुरी चलेका बेला उनी वर्षाबाट बच्न उक्त गोठमा गएको बताइएको छ। त्यसै क्रममा हावाहुरीकै कारण गोठ अचानक भत्किएको र उनी च्यापिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button