तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध भएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जकिरण विभागको राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) अर्थात् केन्द्रिय सर्भरमै आएको प्राविधिक खराबीका कारण जिल्ला प्रशासन कार्यालय पर्सामा पनि बुधबारदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सार्वजनिक सूचना जारी गर्दै केन्द्रिय सर्भरमा आएको प्राविधिक खराबीका कारण पर्सामा पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको जनाएको छ ।

राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आई मर्मत कार्य जारी रहेकोले पर्सासहित देशैभरका जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

हाल सर्भरको मर्मत कार्य पुरा नभइसकेका कारण सेवा सुचारु नभएकोले अर्को सेवा सुचारु भएको सूचना प्रकाशन नभए सम्मको लागि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध रहने उहाँले बताउनुभयो । 

राष्ट्रिय परिचय पत्र तथा पञ्जकिरण विभागबाट सर्भर मर्मत भएको सूचना आउनसाथ पुन सेवा सुचारु गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button