तपाईँ सुन्दै हुनुहुन्छः

ट्रिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुरमा ट्रिपरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति भक्तपुर नगरपालिका–५ आदर्शस्थित सडकमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका भारतीय नागरिक विसुनदेव सहनीको उपचारको क्रममा गए राती नै भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माका अनुसार बा४ख ३१५६ नम्बरको टिपरले सहनीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

प्रहरीले ट्रिपर चालक काभ्रे मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भई बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई पक्राउ गरेको छ ।

सहनी भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बिएम इट्टा भट्टामा काम गर्ने गरेको प्रहरीले जनाएको छ । मृतकका भाइ सहनी प्रहरीको सम्पर्कमा आएको र प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button