तपाईँ सुन्दै हुनुहुन्छः

‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्ने बताउनुभएको छ । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) र एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिक वर्गमा आशा र विश्वास जगाउने काम ट्रेड युनियनको भएको उल्लेख गर्नुभयो । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपालका देशीय निर्देशक नुमान ओज्कानले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय संवादबाट सामाजिक न्यायको ढोका खोल्नुपर्नेमा जोड दिँदै पछिल्ला समय नेपालमा असल श्रम सम्बन्धको विकास हुँदै गइरहेको बताउनुभयो । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगतबहादुर सिम्खडाले भन्नुभयो, “वैज्ञानिक ढङ्गबाट पारिश्रमिक वृद्धि, श्रमिकको सन्ततिलाई सहुलियतमा पठनपाठन र सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति गरिनुपर्छ ।” 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button