मोटरसाइकल दुर्घटना तीन जना घाइते, दुईको अवस्था गम्भीर
पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–३ सङ्कर पोखरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।
दुर्घटनामा २४ वर्षीय मिलन भुसाल, ३ वर्षीया अलिया भुसाल र २४ वर्षीया एलिना वैरागी घाइते भएका छन्। ।
पर्वत अस्पतालका अनुसार मिलन भुसालको टाउकोमा गम्भीर चोट लागेको छ र दाहिने जाँघको हड्डी भाँचिएको छ । त्यस्तै अलिया भुसालको पनि टाउकोमा गम्भीर चोट लागेको छ। दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यसैगरी एलिना वैरागीको दाहिने खुट्टामा गहिरो चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घाइते तीनै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा पठाइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्