तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही मालपोतका सुब्बा दुई लाख घुससहित पक्राउ

रुपन्देही । मालपोत कार्यालय भैरहवा रुपन्देहीका नासु ओमबहादुर खाम्चा मगर दुई लाख रकम घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाबाट उनलाई नियन्त्रणमा लिएको हो । शुक्रबार अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उहाँलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

जग्गा सरजमिन गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेपछि उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सूचना अधिकारी कमला घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button