तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख अर्यालद्वारा पूर्व सभामुखसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्व सभामुखसँग छलफल गर्नुभएको छ ।

यही चैत २२ गते सभामुखमा निर्वाचित अर्यालले आज पूर्व सभामुख द्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर्नुभएको हो । 

त्यस अवसरमा नेपालको संसदीय अभ्यास, विगतका अनुभव, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणलगायत विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button