तपाईँ सुन्दै हुनुहुन्छः

मुगुको मिलीचौर आन्तरिक पर्यटकको रोजाइमा, प्राकृतिक सौन्दर्यले बढायो आकर्षण

oplus_8388608

मुगु । छायाँनाथ रारा नगरपालिका–८ मा रहेको मिलीचौर पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ।

हरियाली घाँसे मैदान, नजिकै फैलिएको नीलो ताल, वरिपरि घना जंगल र खुला आकाशले यस क्षेत्रलाई आकर्षक गन्तव्य बनाएको छ। यहाँ पुग्ने पर्यटकहरू चौरमा बस्दै प्राकृतिक वातावरणको आनन्द लिने, सामूहिक छलफल गर्ने र मनोरञ्जनमा रमाउने गर्छन्।

oplus_8388608

शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यका कारण मिलीचौर पिकनिक, अवलोकन, छोटो भ्रमण तथा फोटो खिच्न उपयुक्त स्थानका रूपमा विकास हुँदै गएको स्थानीयहरू बताउँछन्। पर्यटकहरूले यहाँ स्थानीय संस्कृति र जीवनशैलीसँग पनि नजिकबाट परिचित हुने अवसर पाउने गरेका छन्।

रारा ताल नजिकै रहेको यस चौरले रारा भ्रमणमा आउने पर्यटकलाई थप आकर्षण दिएको छ। सहज पहुँच, फराकिलो खुला स्थान र मनमोहक दृश्यका कारण मिलीचौर क्रमशः प्रमुख पर्यटकीय केन्द्रका रूपमा उभिँदै गएको छ।

oplus_8388608

उचित प्रचार–प्रसार र पूर्वाधार विकासमा ध्यान दिन सकेमा मिलीचौरले मुगुको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button