तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष ओली पक्राउको विरोधमा चैत्र २४ गतेदेखि एमालेले देशव्यापी प्रदर्शन गर्ने 

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोध स्वरूप चैत्र २४ गतेदेखि देशव्यापी प्रदर्शनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको भन्दै राजनीतिक तथा कानुनी प्रतिवादका कार्यक्रम स्वरूप देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले बताउनुभयो । 

पार्टी महासचिव पोखरेलले चैत २४ गते सबै जिल्ला कमिटीमार्फत बृहत् भेला आयोजना गर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै चैत २८ गतेदेखि सबै पालिकामा विरोध प्रदर्शन गर्दै वडा , प्रदेश र वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने निर्णय भएको पार्टी महासचिव पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button