ऐतिहासिक गंगासागर क्षेत्र अतिक्रमणमुक्त गर्दै टलक्क बनाइयो

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको अगुवाइ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर क्षेत्रको अतिक्रमणमुक्त बनाउने काम भएको छ ।
मधेश प्रदेशका गृहमन्त्री महतो सहित जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ र नागरिक समाजको अगुवाइ तथा प्रहरीको सहयोगमा आज दोस्रो दिन डोजर चल्न थालेपछि कठघरा बनाएर व्यापार गर्दै आएका व्यापारीहरू आफै कठघरा हटाउन थालेपछि सफा भएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर क्षेत्रमा हुने गरेको महागंगाआरतीमा दैनिक रुपमा सयौँ भक्तजनहरू सहभागी हुनुका साथै बाहिरबाट आउने तीर्थयात्रीहरू स्नान गरेर जनकपुरधामको जानकी मन्दिर, जनक तथा राममन्दिर सहितका अन्य मठ मंन्दिरहरुमा पूजा पाठ गर्ने गरेका छन् ।
गंगासागरको पश्चिमी भाग तथा धनुषसागरको उत्तरी भागमा भएको सबै अतिक्रमण हटाएर उपमहानगरपालिकाको वारुण यन्त्रले धोई पखाली गरि सो क्षेत्रलाई टलक्क बनाएको छ ।
बाहिरबाट आउने पर्यटकहरू ऐतिहासिक गंगासागर क्षेत्रको अतिक्रमण हटाउने कामको प्रशंसा गर्दै अव यस ठाउँमा कुनै हालतमा अतिक्रमण हुन नदिने तर्फ सम्बन्धित निकाय सचेत रहनु पर्नेमा जोड दिनु भएको छ ।
गंगासागरको ऐतिहासिक क्षेत्रलाई कब्जा गरेर ठूला ठूला कठघरा बनाउनुका साथै कवाडी बजार बनाउने काम भएका थिए । एक जनाले १ लेखि ४ वटासम्म कठघरा हाल्ने काम गरेका थिए । यसमा कठघरा हाल्नका लागि ५ लाखसम्म दलाललाई रकम तिर्ने गरेको खुलासा भएको छ ।








प्रतिक्रिया राख्नुहोस्