पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले आज ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
ओली पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै हिजो सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो ।
भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई चैत १४ गते शनिबार पक्राउ गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्