ओलीका तर्फबाट सर्वोच्च अदालतमा रिट पेश

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस भएको छ । अध्यक्ष ओलीका धर्मपत्नी राधिका शाक्यले रिट पेश गर्नुभएको अध्यक्ष ओलीका अधिवक्ताहरुले जानकारी दिनुभएको छ ।
शनिबार बिहान प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो।
उहाँलाई भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न पक्राउ गरेको हो।
पक्राउ परेका ओलीको म्याद लिन प्रहरीले उहाँलाई भर्चुअल माध्यमबाट जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ। उहाँलाई १० दिन हिरासतमा सरकारी वकिलले माग गरेको छ।
जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा वकिलहरूले बहस गरेका छन्।
ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरूद्ध म्याद थप गर्नेरनगर्ने विषयमा अदालतले आदेश गर्नेछ।








प्रतिक्रिया राख्नुहोस्