अध्यक्ष ओलीको रिहाइको माग गर्दै आज ७७ वटै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै एमाले
काठमाडाैं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ।
जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउपछि अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। पक्राउलगत्तै शनिबार बसेको एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।
एमाले प्रचार तथा प्रकाशन विभाग संयोजक मिन बहादुर शाहीले काठमाडौंमा माइतीघर मण्डलामा भेला भई नारा–जुलुससहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी रहेको बताउनुभयो।







प्रतिक्रिया राख्नुहोस्