तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी मेला २०८२ आयोजना हुने

मकवानपुर । हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला २०८२ आयोजना हुने भएको छ ।

हेटौँडा–२ स्थित पल्पसा सभाहलमा चैत १३ गतेदेखि १६ गतेसम्म प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला हुने भएको हो । मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजना, बागमती प्रदेश सरकारको सहयोग र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।

आयोजक संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गर्दै मेलाको तयारी सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलले गर्नुहुनेछ ।

मेलामा ४० वटा स्टल रहनेछन् । कोदो, जुनेलो, फापर, अचार, बाटेको धुप, केराको कप, म्याट, मस्यौरा, जुनारको जुस, अल्लोको समान, च्याउ, माछा, डेरी प्रडक्टलगायत बस्तुको प्रदर्शनी हुनेछ । मेलामा करिब ५ लाख ७५ हजार १७८ रुपैयाँ खर्च अनुमान आयोजकले गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button