कुलोमा डुबेर एक जनाको मृत्यु
दाङ । दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–३ दक्षिण मसुरिया निवासी ५० वर्षीय राजु चौधरीको कुलोमा डुबेर मृत्यु भयको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गएराति घरमा कसैलाई नभनी निस्केका चौधरीको करिब २र३ सय मिटरको दुरीमा रहेको मौरीघाट कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्थानीयले खबर गरेपछि बिहान ६ बजे प्रहरी घटना स्थलमा पुगेको थियो । मृतक चौधरी नियमित मादकपदार्थ सेवन गर्दै आइरहेका थिए । सो दिन पनि मदिरा सेवन गरेका कारण कुलामा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।







प्रतिक्रिया राख्नुहोस्