गाउँ सुनसान, विद्यालय खाली : युवा पलायनले मुगुको सामाजिक जीवन संकटमा

मुगु । रोजगारको अभाव र कमजोर आर्थिक अवस्थाका कारण मुगु जिल्लाका धेरै युवाहरू रोजगारीको खोजीमा भारततर्फ पलायन हुन थालेका छन्। गाउँमै काम नपाएर परिवार धान्न कठिन भएपछि युवा विदेशिन बाध्य भएका हुन्।
युवाहरु विदेश पलायएन भएसँगै गाउँमा बस्ने वृद्धवृद्धा र महिलाहरूकाे काँधमा खेतीपाती, पशुपालनदेखि घरधन्दा सबै जिम्मेवारी परेको छ। सोरु गाउँपालिका–८ का एक वृद्धले भन्नुभयाे, “युवाहरू सबै बाहिर गए, अब घर सम्हाल्ने हामी बूढाबूढी मात्रै भयौं। काम गर्न सक्ने उमेर छैन, तर बाध्यताले सबै गर्नुपरेको छ।”

स्थानीय तहका जनप्रतिनिधिहरूले पनि युवापलायन गम्भीर समस्या बन्न थालेको स्वीकार गरेका छन्। उनीहरूले भनेका छन्, “कृषि, पर्यटन र साना उद्योगमार्फत केही रोजगारी सिर्जना प्रयास भएपनि सीमित स्रोतले सबै युवा समेट्न सक्दैन।”
युवाहरू भारततर्फ जाने क्रम बढेसँगै गाउँका धेरै घर खाली जस्तै बनेका छन्। विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको छ भने उत्पादक जनशक्ति बाहिरिँदा स्थानीय विकासमा असर परेको छ।
स्थानीयहरूको भनाइ अनुसार दीर्घकालीन रूपमा यसले गाउँको सामाजिक र आर्थिक संरचनामा नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गरी युवालाई गाउँमै रोक्ने नीति आवश्यक रहेको उनीहरूले सुझाएका छन्।









प्रतिक्रिया राख्नुहोस्