शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा अध्यक्ष दाहालद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुभएको छ। अध्यक्ष दाहालले आज बालुवाटार स्थित प्रधानमन्त्रीको निवासमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो।
भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिनुभएको थियो।
जवाफमा प्रधानमन्त्री कार्कीले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताउनु भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्