तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथमा रूद्राभिषेक पूजा

काठमाडाैँ। प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान श्री पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गर्नुभएको हो । 

प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गर्नुभयो ।

उहाँले मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी पनि पुकार गर्नुभयो।

पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायतकाे सहभागीता रहेकाे थियाे।

तस्बिर:केशव थापा/प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button