लैङ्गिक बजेट कार्यान्वयनमा महिला अधिकारकर्मीहरूको जोड

काठमाडौँ । महिला अधिकारकर्मीहरूले लैङ्गिक बजेट कार्यान्वयनमा जोड दिएका छन् ।
राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुुलीले लैङ्गिक बजेट सही ठाउँमा खर्च गर्न सुझाव दिनुभयो ।
अन्तरक्रियामा विगत ४ वर्षदेखिको लैङ्गिक बजेट कार्यान्वयनको अवस्थाका सम्बन्धमा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले गरेको अध्ययन पनि सार्वजनिक गरिएको थियो ।

अध्ययन अनुसार संघीय मन्त्रालयहरुको प्रत्यक्षतर्फ विनियोजित बजेट मध्ये ४३ दशमलव ६ प्रतिशतसम्म मात्रै लैङ्गिक बजेट कार्यान्वयन भएको छ ।
अध्ययनमा संलग्न कर्मचारी प्रशिक्षण प्रतिष्ठानकी प्रतिनिधि आँचल दाहालले कतिपय मन्त्रालयहरूमा विनियोजन गरिएको लैङ्गिक बजेट खर्चसमेत हुन नसकेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्