फलैँचाबाट लडेर एक जनाको मृत्यु
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा लडेर एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी गाउँपालिका वडा नं.–४ तेलिया घर भएका ५६ वर्षीय लक्ष्मण लिम्बुको लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो छिमेकी भीमकुमारी लिम्बुको घर अगाडि रहेको फलैँचामा बसिरहेको अवस्थामा अचानक लडेर करिब २० फिट तल खसेका लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्