वीरगन्जमा साइबर अपराध नियन्त्रणका चेतनामूलक कार्यक्रम शुरु

वीरगञ्ज I पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका घटना बढ्दै गएको भन्दै विद्यालय स्तरमा यसबारे सचेतना कार्यक्रम आजबाट अभियानकै रुपमा वीरगन्जमा शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिन सिटी सामुदायिक केन्द्र वीरगन्जको संयुक्त आयोजनामा आज वीरगन्जको हरि खेतान बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धि कक्षा ११ र १२ का छात्र छात्राहरूलाई तालिम दिइएको छ ।
माध्यमिक विद्यालय तहका कक्षा ११ र १२ बाटै साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत आजबाट वीरगन्जको हरि खेतान बहुमुखी क्याम्पसमा सचेतना कार्यक्रम आयोजना गरिएको ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताउनुभयो ।

उहाँले विद्यार्थीहरू प्रविधिको सबैभन्दा बढी प्रयोग गर्ने समूह भएकाले उनीहरूलाई साइबर सुरक्षा सम्बन्धी ज्ञान दिनु अत्यन्त आवश्यकताको रहेको कुरामा जोड्दिँदै साइबर अपराधजस्ता संवेदनशील विषयमा विद्यार्थीहरू स्वयं सचेत रहनुका साथै आफ्ना साथीभाइ र समुदायलाई पनि सचेत गराउनुपर्ने बताउनुभयो ।
तालिमका प्रशिक्षकहरूले विद्यालय तहबाटै साइबर सुरक्षासम्बन्धी ज्ञान प्रदान गर्न सकेमा भविष्यमा हुने साइबर अपराध न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
हरि खेतान बहुमुखी क्याम्पसबाट शुरु भएको अभियान वीरगन्जका सम्पूर्ण उच्च माध्यमिक विद्यालयहरूमा पुर्याईने खेतानले बताउनुभयो ।
आज सम्पन्न तालिममा हरि खेतान क्याम्पसका १ सय २० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्