राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद् भवनको अनुगमन

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधि भा हलका साथै मल्टीपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिनुभएको हो।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संसद् बैठक बस्ने कक्ष तयार नहुँदा मल्टीपर्पोज हललाई तयार गर्न लागिएको छ। अध्यक्ष दाहालले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणका लागि बनिरहेको मल्टीपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिनुभएको छ।

सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रुपमा निर्माण गरिसक्ने बताउनुभएको छ। साथै भवन परिसरको सरसफाइ पनि गरिने उहाँहरूले बताउनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक कक्षहरू तयार हुन भने अझै १÷२ महिना लाग्ने उहाँहरूको भनाइ छ।

अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिनुभयो।
बैठक हलको अव्यवस्थाका कारण समग्र राष्ट्रकै बेइज्जत हुने स्थिति आउन नहुने भन्दै अध्यक्ष दाहालले रातदिन जसरी हुन्छ, काम द्रुत गतिमा गर्न आग्रह गर्नुभयो।









प्रतिक्रिया राख्नुहोस्