एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयाघातका कारण मृत्यु

कास्की । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्ण थापाको हृदयाघातका कारण मृत्यु भएको छ ।
कास्की जिल्ला कार्यालयको बैठकमा बिहीबार बोल्दाबोल्दै हृदयाघातबाट ढल्नुभएका पोखराका पूर्व मेयर थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो तर डाक्टरले ३ः४० मा मृत घोषणा गरेको एमाले कास्कीका उपाध्यक्ष भेषराज पौडेलले जानकारी दिनुभयो ।
कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठक बिहीबार एमाले कास्की जिल्ला पार्टी कार्यालयमा सञ्चालन भइरहेको थियो त्यसलाई १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा हृदयघात भई ढल्नुभयो तुरुन्तै मणिपाल अस्पताल पुर्याउँदा पनि केही लागेन उहाँले भन्नुभयो ।
अहिले अस्पतालमा शुभ चिन्तक र पाटीका कार्यकर्ताहरूले भिड लागेको छ । २०७४ सालमा थापा गण्डकी प्रदेशसभा सदस्य समेत हुनुभएको थियो ।
थापा २०५४ सालमा पोखराको मेयर निर्वाचित भएर काम गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्