तपाईँ सुन्दै हुनुहुन्छः

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा १२ वर्षीया बालिका करणी आरोपमा भीमदत्त नगरका दुई युवक पक्राउ परेका छन्। 

बालिकालाई ललाइफकाई जङ्गलमा बलात्कार गर्न खोजेको आरोपमा भीमदत्त नगरपालिका– १०, मटैनाका ४७ वर्षीय नरेश गिरी र भीनपा -९ ब्रह्मदेवका ४० वर्षीय हिरा नाथ पक्राउ परेका हुन् । 

गिरी र नाथविरुद्ध प्रहरीमा उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।  

कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो। महिला अधिकारकर्मी माया नेगीले देशभर बालिका, किशोरीदेखि महिलामाथि यौनजन्य हिंसा अझै नरोकिएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कारबाही हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button