तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ । 

काँग्रेस राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

काँग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा भएको बैठकले गत माघ ११ गते काँग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गरेको थियो ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारे छलफल गर्दै बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button