तपाईँ सुन्दै हुनुहुन्छः

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

काठमाडौँ। विश्व बैङ्कले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ । 

वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैङ्कको प्रधान कार्यालयले जनाएको छ । 

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुवाँरहित बनाइने छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै  वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैङ्कले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button