तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस उम्मेदवार चतुरबहादुर चन्दको चुनावी खर्च ३२ लाख ९५ हजार

बैतडी। बैतडीबाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चतुर बहादुर चन्दले आफ्नो चुनावी खर्च सार्वजनिक गर्दै निर्वाचन आयोगमा पेस गर्नुभएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३२ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचनमा कार्यालयमा पेस गर्नुभएको हो। उम्मेदवार चन्दले पेस गरेको निर्वाचन खर्च विवरणमा सवारी साधनमा ३ लाख २० हजार, मतदाता प्रशिक्षण कार्यक्रमका लागि ८ लाख ८५ हजार, वडा स्तरीय प्रचारप्रसारमा ३ लाख ७५ हजार, सामाजिक सञ्जाल तथा सञ्चारमा १ लाख ७५ हजार, सम्पर्क कार्यालय स्थापनामा ४ लाख ७५ हजार, स्टेशनरीमा २ लाख ६५ हजार, प्रचारप्रसार सामग्रीमा ४ लाख ५० हजार,नमुना मतपत्र छपाइमा २ लाख ७५ हजार, उम्मेदवार मनोनयनमा १० हजार र खाना ६५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई आम्दानी र खर्चको विवरण पेस गर्नका लागि सूचना जारी गरेको र अहिलेसम्म काँग्रेस उम्मेदवार चन्दले मात्रै खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम उम्मेदवारहरूले अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण पेस गर्नुपर्ने प्रावधान रही आएको छ । बैतडीमा ११ जना उम्मेदवार रहेका थिए। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button