मधेश प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८३/८४ सँग सम्बन्धित दुई वटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आर्थिक वर्ष २०८३/८४ को सेवा तथा कार्य सञ्चालनका लागि मधेश प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक, २०८३ र मधेश प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सञ्जीव कुमार दुवेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुख कर्णले दुवै विधेयक आज प्रमाणीकरण गर्नुभएको हो । प्रदेशसभाले पारित गरी प्रमाणीकरणका लागि पठाएका यी विधेयक प्रमाणीकरण भएसँगै आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयन र राजस्व तथा आर्थिक व्यवस्थासम्बन्धी कानुनी प्रक्रिया औपचारिक रूपमा अगाडी बढाउनमा प्रदेश सरकारलाई बाटो खुलेको छ ।








प्रतिक्रिया राख्नुहोस्