तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ मर्स्याङ्दी क्लबद्वारा चित्लाङ एफसी पराजित

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ एफसीलाई हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलवार सम्पन्न खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । मनाङको यो तेस्रो जित हो । लिगमा १० खेल खेलेको मनाङले १२ अंक जोडेको छ ।

चित्लाङको भने पाँचौँ यो हार हो । समान खेलबाट चित्लाङको भने ९ खेलबाट ७ अंक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button