कञ्चनपुरमा ४४ जना उम्मेदवारको जमानत जफत
कञ्चनपुर। कञ्चनपुर मा ४४ जना उम्मेदवारको जमानत जफत भएको छ।

५५ जना उम्मेदवार मध्ये ४४ जनाले जमानत जोगाउनै सकेनन् । खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको जमानत जफत भएको हो ।
क्षेत्र नम्बर १ मा १९ जना मध्ये १५ जनाको जमानत जफत भएको छ । सार्वजनिक मत परिणाम अनुसार यहाँ रास्वपा, काँग्रेस , एमाले र नेपाली कम्युनिस्ट पार्टका उम्मेदवार बाहेक सबैको जमानत जफत भएको छ ।
क्षेत्र नम्बर २ मा १९ जना उम्मेदवार मध्ये १५ जनाको जमानत जफत भएकाे छ । निर्वाचन कार्यालय कञ्चनपुर का प्रमुख हरिश चन्द्र जोशी का अनुसार क्षेत्र नम्बर २ मा पनि रास्वपा, एमाले , काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले मात्र जमानत जोगाउन सके ।
यसै गरी क्षेत्र नम्बर ३ मा १७ जना मध्य ३ जना को जमानत जोगियो । रास्वपा, काँग्रेस र एमालेले मात्र जमानत जोगाउन सफल भए । नेपाली कम्युनिस्ट पार्टी, राप्रपा लगायतका दलका उम्मेदवारले समेत जमानत जोगाउन सकेनन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको जमानत धरौटी जफत हुने उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्