इलाम–१ मा निष्कल राईको ५७९ मतले अग्रता, विनोद नेम्वाङ दोस्रो स्थानमा
इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत इलाम क्षेत्र नम्बर–१ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार निष्कल राई अग्रस्थानमा देखिएका छन्।
हालसम्मको मतगणनाअनुसार निष्कल राई ले १२ हजार १३० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ले ११ हजार ५५१ मत प्राप्त गर्नुभएको छ। दुवै उम्मेदवारबिच ५७९ मतको अन्तर रहेको छ।
त्यसै गरी नेकपा एमालेका काजीमान कागते ले १० हजार ९०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ७ हजार ९३६ मत प्राप्त गरी चौथो स्थानमा रहनुभएको छ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राई ले ६ हजार ३५७ मत प्राप्त गर्नुभएको छ।
इलाम–१ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको छ।








प्रतिक्रिया राख्नुहोस्