कपिलवस्तु–२ मा रास्वपाका थापा विजयी
कपिलवस्तु । कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम सिंह थापा ६ हजार १०८ मतान्तरले विजयी हुनुभएको छ । यसअघि प्रदेशसभा निर्वाचनमा पराजित हुनुभएका थापाले प्रतिनिधिसभामा भने प्रभावशाली जित हासिल गर्नुभएको हो ।

अन्तिम मत परिणामअनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तारा चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका बृजेश कुमार गुप्ताले २० हजार ४८२ मत पाउनुभएको छ ।
निर्वाचन अधिकृतका अनुसार उक्त क्षेत्रमा कुल ८५ हजार ५६ मत खसेको थियो। मतगणनाको अन्तिम नतिजामा थापाले आचार्यलाई ६ हजार १०८ मतले पछि पार्दै विजय हासिल गर्नुभएको हो ।
प्रदेशसभा निर्वाचनमा पराजित भए पनि प्रतिनिधिसभामा विजयी भएपछि थापालाई समर्थकहरूले बधाई तथा विजय उत्सव मनाइरहेका छन्। कपिलवस्तु–२ मा यस पटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको थियो।







प्रतिक्रिया राख्नुहोस्