तपाईँ सुन्दै हुनुहुन्छः

मोरङ क्षेत्र नं ५ मा रास्वपा की आशा कुमारी झा निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा कुमारी झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  

निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं. ५ का अधिकृत मदनप्रसाद पराजुलीका अनुसार अन्तिम मतगणनाको परिणाम अनुसार  रास्वपाकी झाले ३० हजार  ४ सय ३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । 

नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४ सय १५ मत प्राप्त गरी मुख्य प्रतिस्पर्धी हुनु भएको छ ।

त्यस्तै जसपा, नेपालका राजकुमार यादवले ८ हजार ७ सय ४७, नेकपाका शिवकुमार मण्डलले ८ हजार ६१४, नेकपा एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ , राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका योगेन्द्र मण्डलले ४ हजार १९९ र राप्रपाका कुमोद रायले ५४९  मत प्राप्त गर्नुभएको थियो ।

सो निर्वाचन क्षेत्रमा कुल एक लाख १० हजार १७७ मतदाता भएकामा  ७८ हजार  ५२९ मत खसेको थियो । 

उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा २२ जना प्रत्याशीले प्रतिस्पर्धा गर्नुभएको थियो । 

मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये योसहित तिन वटा निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम मत परिणाम आइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button