राष्ट्रिय स्वतन्त्र पार्टीको हालसम्म ४७ क्षेत्रमा जित, ७३ स्थानमा अग्रता
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ४७ क्षेत्रमा जित निकालेको छ ।
दिउसो ३ः४५ बजेसम्मको परिणामअनुसार रास्वपाले ४७ निर्वाचन क्षेत्रमा जित हासिल गर्दै ७३ क्षेत्रमा अग्रता हासिल गरिरहेको छ ।
त्यस्तै समानुपातिकतर्फ ३ लाख २० हजार ११ मत गन्दा रास्वपाले १ लाख ७२ हजार ७ सय ७७ मत प्राप्त गरेको छ ।
त्यस्तै नेपाली काँग्रेसले ८ ठाउँमा जित हासिल गर्दै १२ ठाउँमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ भने समानुपातिकतर्फ ५२ हजार ६ सय ३२ मत प्राप्त गरेको छ ।
यसैगरी नेकपा एमालेले २ स्थानबाट जित हासिल गर्दै ७ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ ४० हजार १९ मत प्राप्त गरेको छ ।
साथै नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित हासिल गर्दै ७ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ १६ हजार ५ सय २९ मत प्राप्त गरेको छ ।
त्यस्तै स्वतन्त्रबाट महावीर पुनले म्याग्दीबाट जित हासिल गर्नुभएको छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिनुभएको छ ।
श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ ७ हजार ७ सय ४८ मत प्राप्त गरेको छ भने राप्रपाले १ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ १४ हजार ३ सय ९६ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्