कास्की १ मा रास्वपाबाट पौडेल विजयी
कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार खडकराज (गनेस) पौडेल ठूलो मतान्तरसहित विजयी हुनु भएको छ ।
पौडेलले ३९ हजार ८८३ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत प्राप्त गर्नु भयो। यसैगरी एमालेका उम्मेदवार वैनबहादुर क्षेत्री अधिकारीले १० हजार ४२९ मत ल्याउनु भयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४७९ मत पाउँदा भने राप्रपाका बाबुराम थापाले ९७८ मत ल्याउनु भयो ।
विजयी पौडेल बालेन समूहबाट रास्वपा केन्द्रीय सदस्य समेत रहनु भएको छ गनेस पौडेलको नामले परिचित खडकराज पौडेल पोखरा–१४ मझेरीपाटनका लेखक, शिक्षक र सामाजिक अभियन्ता समेत हुनुहुन्छ । अङ्ग्रेजी साहित्यमा स्नातक तथा पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) गर्नु भएका उहाँले १५ वर्षभन्दा बढी शिक्षण अनुभव सँगाल्नु भएको छ ।
२०७९ को स्थानीय तहको निर्वाचनमा पौडल लौरो चुनाव चिह्न लिएर पोखराको मेयरमा प्रतिस्पर्धा गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्