रौतहट–१ बाट रास्वपाका राजेश कुमार चौधरी निर्वाचित
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरी निर्वाचित हुनुभएको छ।
अन्तिम मत परिणामअनुसार ७१ हजार २०३ मत गणना हुँदा चौधरीले २८ हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अनिल झाले ८ हजार ५७४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गर्दै चौथो स्थानमा रहनुभएको छ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार योगेन्द्र यादवले ६ हजार ८४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस निर्वाचनमा चौधरीको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्तासँग भएको थियो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाल भने चौथो स्थानमा सीमित हुँदै पराजित हुनुभएको छ।







प्रतिक्रिया राख्नुहोस्