तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा १ मा मतगणना सुरु

गोरखा । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना सुरु भएको हो ।

जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह १२ः३० बजेबाट मतगणना थालिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button