गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण बिष्ट ४९६ मतले पराजित
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी हुनुभएकाे छ । कडा प्रतिस्पर्धाबीच उहाँले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।
अन्तिम मत परिणाम अनुसार पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिष्टले १६ हजार ३८२ मत ल्याउनुभएकाे छ ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएकाे छ । नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले ३ हजार ७९ मत प्राप्त गर्नुभएकाे छ ।
गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको विभिन्न चरणमा अग्रता परिवर्तन हुँदै गए पनि अन्तिम चरणमा भने पन्थीले अग्रता कायम राख्दै विजय सुनिश्चित गर्नुभएकाे हाे ।







प्रतिक्रिया राख्नुहोस्