रुपन्देही ४ मा पनि रास्वपाको अग्रता
रुपन्देही। मतगणनाको सुरुवाती चरणबाट रुपन्देही ४ मा अग्रता लिएको नेकपा एमाले अहिले सार्वजनिक नतिजामा तेस्रो भएको छ । सुरुवाती चरणबाट अग्रता गरेका एमालेका प्रमोद कुमार यादवलाई पछाडि पार्दै रास्वपाका कन्हैया कुमार बनियाँ १५२२५ मतका साथ अग्रता लिएका छन् । उनलाई कांग्रेसका आशुतोष मिश्राले १४५५३ मत ल्याएर पछ्याइरहेका छन् । बिहानदेखि केही समय अघिसम्म अग्रता लिएका यादवले १४३२९ मतका साथ तेस्रो स्थानमा पुगेका हुन् । अहिले मतगणना जारी छ ।
रुपन्देहीका अन्य चार निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदारहरुले फराकिलो मतान्तरले अग्रता लिइसकेका छन् । क्षेत्र नं २, ३ का उम्मेदवार सुलभ खरेल र लेखजंग थापाले जित निश्चित गरिसकेका छन् भने १ का सुनिल लम्साल र ५ का तौफिफ खानले पनि ठूलो मतान्तरले अग्रता लिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्