तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीका तिन वटै क्षेत्रमा रास्वपा उम्मेदवारहरूको अग्रता बढ्दो

कास्की । बिहीबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत कास्की जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा रास्वपाले फराकिलो अग्रता कायम गरेको छ । कास्कीका ३ वटै क्षेत्रमा रास्वपाले जित्ने सम्भावना देखिएको छ । तिन वटै क्षेत्रमा रास्वपा, कांग्रेस र एमाले बाहेकका अन्य दलको मत भने प्रतिस्पर्धा भन्दा निकै कम रहेको छ ।

कास्की क्षेत्र नं १ रुपा गाउँपालिका र मादी गाउँपालिकाको मतगणना हुँदा रास्वपाका गणेश पौडल ८ हजार १ सय मत प्राप्त गर्नुभएको छ भने एमालेका बैन बहादुर क्षेत्रीले ४ हजार ३ सय १८ र नेपाली कांग्रेसका तिलक रानाभाटले ३ हजार ५ सय ५८ मत ल्याउनुभएको छ । करिब १८ हजार मत गणना हुँदा झण्डै ८ सय मत बदर भएका छन् ।

कास्की क्षेत्र नं २ मा रास्वपाका उत्तम पौडेलले १६ हजार १ सय ५८ एमालेका रश्मि आचार्य ४ हजार ९ सय ११ र काँग्रेसका मधेस बास्तोलाको २ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा रास्वपाका पौडेलले सुरुवाती चरणबाटै अग्रता लिनुभएको थियो ।

कास्की ३ अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको मत गणना सकिदा रास्वपाका उम्मेदवार विना गुरुङले अग्रता लिइरहनुभएको छ । कास्की ३ मा ३०५०४ मत गणना हुँदा रास्वपाकी बिना गुरुङले १६७९२, नेपाली कांग्रेसका मनोज गुरुङले ७८४५ एमालेका दामोदर पौडेल बैरागी ३९४४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button